Comments Add Comment

तरुण दलले वीर र पाटन अस्पताललाई दियो स्वास्थ्य सामग्री

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले बीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा पाटन र बीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

पाटन अस्पतालको हाडजोर्नी विभागमा गएर एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड हस्तान्तरण गरिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए ।

यसैगरी बीर अस्पतालको नाक, कान, घाटी विभागमा पनि एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड दिएको उनले बताए ।

‘अहिले कोभिड–१९ को जोखिम दिन प्रतिदिन बढिरहँदा पनि अग्रपंक्तिमा रहेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले काम गरिरहनु भएको छ । उहाँहरुको सुरक्षालाई मध्यनजर गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौं,’ तरुण दल अध्यक्ष बस्नेतले भने ।

ती स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएर सहयोग गरेको भन्दै तरुण दलले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानप्रति धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment