+
+

‘५० वर्षभन्दा कम अवधिमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा धेरै घट्यो’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते ८:१४

२५ भदौ, काठमाडौं । ५० वर्षभन्दा कम अवधिमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा धेरैले घटेको विश्व वन्यजन्तु कोष (डब्ल्यू डब्ल्यू एफ)ले जनाएको छ ।

डब्ल्यू डब्ल्यू एफको एक प्रमुख रिपोर्टले यो डरलाग्दो तथ्य सार्वजनिक गरेको हो । रिपोर्टमा लेखिएअनुसार यो विनाशकारी गिरावट कम हुने संकेतसमेत देखिएको छैन । साथै रिपोर्टमा प्रकृतिलाई मानिसले यसरी विनास गरेको यसअघि कहिल्यै देखिएको थिएन ।

डब्ल्यू डब्ल्यू एफका मुख्य कार्यकारी अधिकारी तान्या स्टिलका अनुसार वन्यजन्तुहरु ‘फ्रि–फल’मा छन् । किनभने हामीले जंगलमा डढेलो लगाउँछौं । जंगल क्षेत्रलाई नष्ट गर्छौं । ‘हामीले विश्वलाई बर्बाद गरिरहेका छौं,’ तान्या भन्छिन्, ‘एकातिर हामीले पृथ्वीलाई घर भन्छौं तर अर्कोतिर पृथ्वीमा हाम्रो स्वास्थ्य, सुरक्षा र अस्तित्वलाई खतरामा पार्छौं । अब प्रकृतिले हामीलाई एक हतास एसओएस पठाउँदै छ र समय समाप्त हुँदै छ ।’

डब्ल्यू डब्ल्यू एफको रिपोर्टका अनुसार सन् १९७० पछि स्तनधारी, पंक्षी, उभयचर, सरीसृप र माछाको २० हजार बढी आवादीमा औसत ६८ प्रतिशतले गिरावट आएको छ ।

जुलोजिकल सोसाइटी अफ लण्डनका संरक्षण निर्देशक एन्ड्र्यु टेरीले भनेका छन्, ‘यो गिरावटले स्पष्ट हुन्छ मानिसले प्रकृतिमा के गरिरहेको छ । वन्यजन्तु लोप हुने र पारिस्थितिक प्रणालीको अखण्डतामा खतरा छ, जसमा हामी निर्भर छौं ।’

वन्यजन्तुको संख्यामा भारी गिरावट आउनुमा उनीहरुको बासस्थानमा क्षति पुर्याउने, उनीहरुको व्यापार गर्ने, मारेर खाने लगायतका केही प्रमुख कारणहरु संरक्षणकर्मीले औंल्याएका छन् । संरक्षणकर्मी भन्छन्, यदि हामी खाना बनाउने र उपभोग गर्ने तरिका बदल्न सक्यौं भने वन्यजन्तुको बासस्थानको संरक्षण गर्न सक्छौं । साथै वन फँडानी पनि रोक्न सक्छौं ।

–बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?