Comments Add Comment

चितवनमा थप ३४ जनामा कोरोना संक्रमण

२६ भदौ, चितवन । चितवनमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनमा संक्रमण पुष्टि हुनेहरु सबै भरतपुर महानगरपालिकाका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका छन् । यस्तै, महिलाहरु २४ देखि ५४ वर्ष उमेर समूहका छन् ।

उनीहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यसैगरी, पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

चितवनमा शुक्रबार बिहानसम्म कुल संक्रमितको संख्या ११ सय पुगेको छ । हालसम्म कोरोनाबाट चितवन जिल्लाका १३ सहित २४ जनाको मृत्यु भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment