 
																			२६ भदौ, चितवन । चितवनको नारायणगढमा रहेको वडा प्रहरी कार्यालयमा थप १२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत आइतबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि ४१ जना प्रहरी रहेको वडा कार्यालयलाई सिल गरिएको छ । यहाँका थप १६ जनाको रिपोर्ट आउन बाँकी छ ।
संक्रमित सबैजनालाई वडा प्रहरी कार्यालयको आइसोलेसनमा राखिएको छ । केही प्रहरीमा कोरोनाको सामान्य लक्षण ज्वरो र रुघाखोकी छ ।
शौचालय र नुहाउने ठाउँको प्रयोग अलग अलग गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले बताए । प्रहरीको वडा कार्यालय सिल भएपछि जिल्ला प्रहरी कार्यालयले नै नारायणगढ क्षेत्रको सुरक्षाको व्यवस्था मिलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4