Comments Add Comment

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु पुष्टि

२६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु पुष्टि भएको छ ।

चितवनका दुई जना र काठमाडौं, नवलपरासी, महोत्तरी, रुपन्देही, मोरङ र सुनसरीका एकएक जनाको मृत्यु भएको छ ।

  • पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बुधबार मृत्यु भएकी रत्ननगर नगरपालिका- २, चितवनकी ७८ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • राप्ती नगरपालिका-५, चितवनका ६१ बर्षीय पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको छ । भदौ २४ गते कोरोना संक्रमण भएका उनलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि २५ गते अस्पताल भर्ना भएका थिए ।
  • काठमाडौं महानगरपालिका- ५ कालोपुल, काठमाडौंका ७० बर्षीय पुरुषको पाटन अस्पतालमा शुक्रबार मृत्यु भएको छ । ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या भएर भदौ २४ गते अस्पताल भर्ना भएका उनी उच्च रक्तचाप, मधुमेह र मृगौलाका बिरामी थिए ।
  • सुस्ता गाउँपालिका-५, नवलपरासीका ५५ बर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा शुक्रबार मृत्यु भएको छ । भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी कलेजो, मधुमेह र उच्च रक्तचापका बिरामी समेत थिए ।
  • मनरा सिस्वा नगरपालिका-१, महोत्तरीका ६५ बर्षीय पुरुषको शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वास फेर्न समस्या भएपछि भदौ १९ गते अस्पतालमा भर्ना भएका उनलाई दुई दिनपछि कोरोना सक्रमण भएको पुष्टि भएको थियो ।
  • देवदह नगरपालिका- ६, रुपन्देहीका ६० बर्षीय पुरुषको शुक्रबार प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वास प्रश्वासको समस्या भएपछि अस्पताल पुगेका उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । फिभर क्लिनिकको आइसोलेसनमा राखेर उपचार भइरहेकामा शुक्रबार साँझ मृत्यु भएको छ ।
  • ग्रामथान गाउँपालिका-२, मोरङकी ७० बर्षीया महिलाको विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्ऽमा शुक्रबार मृत्यु भएको छ । बिहीबार संक्रमण पुष्टि भएकको उनलाई ज्वरो आउनुका साथै सास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको थियो ।
  • रामधुनी नगरपालिका-५, सुनसरीका ४३ बर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । एक वर्षदेखि झुम्का कारागारा रहेका उनलाई १० दिनदेखि ज्वरो आएको थियो भने दुई दिनदेखि खोकी आउनुका साथै स्वासप्रश्वासमा समस्या भएको थियो । तर शुक्रबार मात्र अस्पताल लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment