Comments Add Comment

साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत

२८ भदौ, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका –४, बरैचेकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

पञ्चपुरी –९, विद्यापुरमा साथीको जन्मदिन मनाएर घर फर्किदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जनाकारी दिए ।

भदौ २४ गते राति ११ बजे घटना भएको र २५ गते बिहान परिवारले इलाका प्रहरी कार्यालय बाबियाचौरमा जाहेरी दिएको थियो । परिवारको जाहेरीको आधारमा पञ्चपुरी नगरपालिका–८, का १५ वर्षीय हरिष बुढा, १७ वर्षीय प्रकाश राना र १५ वर्षीय धर्म थापालाई पक्राउ गरिएको डीएसपी घर्तीले जानकारी दिए ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा प्रकाशले जन्मदिनको पार्टीमा बोलाएको र पछि फर्किदा बाटोमा बलात्कार गरेको पाइएको छ । यसबारे थप अनसन्धान भइरहेको छ’ डीएसपी घर्तीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment