
२८ भदौ, काठमाडौं । धादिङमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खाको गण्डकी गाउँपालिका-६ स्थित कौदीखोला बस्ने १२ वर्षीय परबचन प्रजा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाण्डौबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३४६४ नम्बरको ट्रकले धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० तारपुलस्थित पृथ्वी राजमार्गमा ठक्कर दिँदा प्रजाको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधन र चालक प्रहरी चौकी जोगीमारा धादिङको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4