Comments Add Comment

युएस ओपन : शानदार पुनरागमनसहित डोमिनिक थिएमले जिते उपाधि

२९ भदौ, काठमाडौं । अष्ट्रियन खेलाडी डोमिनिक थिएमले करियरको पहिलो ग्राण्डसलाम टेनिस उपाधि जितेका छन् । युएस ओपन २०२० को फाइनलमा जर्मनीका अलेक्जान्डर जेभरेभविरुद्ध पुनरागमन जित हात पार्दै थिएमले उपाधि जितेका हुन् ।

दुई सेटले पछि परेको अवस्थामा थिएमले शानदार पुनरागमन गरे । २७ वर्षीय थिएमले यसअघि ३ वटा ग्राण्डसलाम फाइनलमा हार व्यहोरेका थिए । उता पहिलो पटक ग्राण्डसलाम फाइनल खेलेका २३ वर्षीय जेभरेभ भने उपाधिको नजिक पुगेर पनि चुके ।

न्यूयोर्कमा भएको फाइनलको पहिलो दुई सेट जेभरेभले ६-२, ६-४ ले जितेका थिए । तर त्यसपछि थिएमले शानदार पुनरागमन गरे । उनले त्यसपछिका सेट क्रमश: ६-४, ६-३ , ७-६ (८-६) ले आफ्नो पक्षमा पारे ।

खेलपछि थिएमले दुवै खेलाडी उत्तिकै लायक रहेकोले आफ्नो इच्छा दुवै खेलाडी विजेता बनुन् भन्ने रहेको बताए ।

अर्जेन्टिनी गास्टोन गाउडियोले सन् २००४ मा फ्रेन्च ओपन जितेयता दुई सेटमा पछि परेर फाइनल जित्ने थिएम पहिलो खेलाडी समेत बने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment