Comments Add Comment

जातीय विभेद मुद्दामा काउछालाई ३ महिना कैद र ५० हजार जरिवाना

२९ भदौ, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका फोक्सिङमा भएको जातीय विभेद मुद्दाको जिल्ला अदालत गुल्मीले ३ महिना कैद र ५० हजार जरिवाना फैसला गरेको छ ।

छुवाछुत र जातीय विभेदको जाहेरी दर्ता भएको करिब २ महिनापछि जिल्ला न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले कालीगण्डकी गाउँपालिका-५ फोक्सिङ नुनथलाका नेत्रबहादुर काउछाविरुद्ध उक्त फैसला गरेको हो ।

साथै फोक्सिङ देउरालीकै पीडित श्यामबहादुर नेपालीले १० हजार क्षतिपूर्ति पाउने फैसला भएको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार भीमप्रसाद भुसालले जानकारी दिए ।

यस्तो थियो घटना

केही महिनाअघि फोक्सिङका श्यामबहादुर नेपाली आफ्नो हजुरआमाको मृत्यु भएपछि शव दाहसंस्कार गरी र्फकने क्रममा ठूलो हावाहुरी, असिनापानी परेपछि बाटोमा बनाउँदै गरेको नेत्रबहादुर काउछाको घरमा ओत लागेका थिए ।

उनको साथमा रहेका अरु घरभित्र नै ओत लागे पनि श्याम भने पिँढीको छेउमा ओत लागेका थिए । त्यसै क्रममा दलितले ठूलो जातको घर छोएको र घरभित्र पसेको भन्दै श्याम र उनका बुवा धनबहादुरमाथि हालपात नै भयवो ।

भोलिपल्ट स्थानीय भेला भई श्यामलाई १५ सय जरिवाना गरी काउछाको घर चोख्याएका थिए । उक्त घटना सार्वजनिक भएपछि चर्को आलोचना र विरोध भयो ।

त्यसपछि काउछाविरुद्ध जातीय भेदभाव तथा छुवाछूत, कसुर र सजाय, ऐनअनुसार जाहेरी दर्ता भएको थियोे । मुद्दा दर्ता भएको करिब २ महिनापछि जिल्ला अदालत गुल्मीले फैसला सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment