+
+

११७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १६:२०

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा ३९९ महिला र ७७१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये ३६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामात्रै ८७९ जना डिस्चार्ज भएका छन् ।

हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५१२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जना छन् ।

यस्तै रुपन्देहीका ८१ जना, कैलालीका ७०, कास्कीका ५४, सुनसरीका ४६, दाङका ४५, सुर्खेतका ३९, सिराहाका ३४, मोरङका ३२, चितवनका ३१, बाँकेका २४, ओखलढुंगाका १९, काभ्रेका १८, तनहुँका १७, मकवानपुरका १४, बाराका १२, गोरखाका १० र पर्साका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङ र डोटीका ८/८ जना, झापा, नवलपरासी, पाल्पा र दैलेखका ७/७ जना, अछामका ५ जना, धनुषा र कपिलवस्तुका ६/६ जना, लमजुङका ४ जना, नुवाकोट, कञ्चनपुर र बझाङका ३/३ जना, उदपयुर, भोजपुर, सप्तरी, सर्लाही, नवलपुर, बाग्लुङ, स्याङ्जा, गुल्मी, रोल्पा, जाजरकोट र सल्यानका २/२ जना र महोत्तरी, दोलखा, रामेछाप, सिन्धुली, अर्घाखाँची, कालीकोट र डडेलधुराका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?