+
+
Shares

कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माइन् बच्चा

रासस रासस
२०७७ भदौ २९ गते १८:२७

२९ भदौ, ओखलढुङ्गा । ओखलढुङ्गामा कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् । कोरोना संक्रमण पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी एक महिलाले बच्चा जन्माएकी हुन् ।

कोरोेना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक युवराज आचार्यले बताए । आमालाई आइतबार संक्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको उनको भनाइ छ । ‘कोरोना संक्रमण देखिएकी महिलाबाट शिशुको जन्मभएको छ,’ उनले भने, ‘सामान्य प्रक्रियाबाटै बच्चा जन्मियो, अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।’ शल्यक्रिया गर्न नपर्दा थप जोखिम नभएको उनको भनाइ छ । अस्पतालले संक्रमित सुत्केरीको नाम भने सार्वजनिक गरेको छैन ।

अस्पतालले कोरोनाको संक्रमण बढ्दै गएपछि संक्रमित गर्भवतीलाई प्रसूति सेवा दिन आइसोलेसन डेलिभरी कक्ष सञ्चालनमा ल्याएको छ । संक्रमित महिलाको डेलिभरीका लागि आइसोलेसन डेलिभरी कक्ष र शल्यक्रिया थिएटर सञ्चालनमा ल्याइएकाले संक्रमितलाई सेवा दिन सजिलो भएको अस्पतालले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?