+
+

राष्ट्रिय झण्डा जलाउने गायकलाई थुनामा पठाउन आदेश, अन्य छुटे

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १९:२८
फाइल तस्वीर

२९ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

जिल्ला अदालत, काठमाडौंले म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको हो ।

पक्राउ परेका मध्ये १५ हजार रुपैयाँ धरौटी लिएर अदालतले छाडेको छ । अन्य ५ जनालाई भने साधारण तारेखमा छाड्न आदेश भएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले ३ भदौमा ९ जनालाई पक्राउ गरेको थियो । मङ्गोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएपछि व्यापक आलोचना भएको थियो । र, प्रहरीले भिडियोमा देखिएका गायकदेखि मोडल, एडिटरलगायतलाई पक्राउ परेको थियो ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ ।

युट्युवमा हालेलगत्तै गीतमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । सबैले गीतमाथि तत्काल कारबाही गर्न प्रहरीलाई आग्रह गरेका थिए ।

र्‍याप जनरामा गाइएको गीतको लिरिक्स र्‍यापर मंगोल ग्याल्ज ली एन्ड एटीएमले लेखेका थिए । गीत मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?