Comments Add Comment

लाजिम्पाटमा नयाँ कभर्डहल र टेनिस कोर्टको उद्घाटन

३० भदौ, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा नयाँ कभर्डहल तयार भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका बरिष्ठ उपाध्यक्ष सुबास श्रेष्ठले फ्ल्यास स्पोर्ट्सद्वारा नयाँ कभर्ड हल र टेनिस कोर्टको उद्घाटन गरेका हुन् ।

काठमाडौंको मुटुमा निर्माण गरिएको स्पोर्ट्स कम्प्लेक्समा २ वटा ब्याडमिन्टन कोर्ट रहेको कभर्डहल र २ वटा टेनिस क्ले कोर्ट रहेको छ ।

टेनिस कोर्ट पूर्ण सञ्चालनमा आइसकेको छ भने ब्याडमिन्टन कभर्डहलको केही निर्माण कार्य सम्पन्न हुन बाँकी रहेको छ ।

राखेप सदस्य तथा ब्याडमिन्टन संघका उपध्यक्ष श्रेष्ठले खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले कुनै पनि खेलकुदका संस्थाहरुलाई आफूले सहयोग गर्ने बताए ।

साथै उनले खेलकुदको नाममा भ्रष्टाचार गर्ने जो कोहीलाई पनि नछोड्ने आफ्नो पुरानो अडानलाई दोहोर्‍याए ।

यसैक्रममा २ वटा कोर्ट रहेको उक्त नयाँ हललाई २ वटा योनेक्स ब्राण्डको बीडब्ल्यूएफबाट सर्टिफाइड ब्याडमिन्टन नेट यथाशिघ्र उपलब्ध गराउने बाचा समेत गरेका छन् ।

यस्तै बरिष्ठ ब्याडमिन्टन अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल उदय अर्याल र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योन्जनले आफ्नो क्षेत्रबाट फ्ल्यास स्पोर्ट्सलाई प्राविधिक सहयोग गर्ने बताए ।

फ्ल्यास स्पोर्ट्सका सञ्चालक श्रवण कार्कीले कोभिड१९ को महामारीबाट सबै क्षेत्र प्रभावित भएर बन्द रहेको अवस्थामा खाली रहेको जग्गालाई सदुपयोग गरेर यो खेलकुद संरचना निर्माण गर्ने सोच भएको र यसलाई व्यवसायिक र सामाजिक दुबै तरिकाबाट सञ्चालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment