Comments Add Comment

लकडाउनको अर्को पाटो : मान्छेको हस्तक्षेप नहुँदा उन्मुक्त रमाए जीवजन्तु

विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसका कारण विश्वका धेरै देशले लकडाउनको मोडल अपनाए । जनतालाई घरमा नै बन्द गरेर राखिएको मोडलका कारण यतिबेला विश्वभरका मानवजाति समस्यामा छन् । तर मान्छे घरभित्रै थुनिँदा जंंगली जनावरको अवस्था कस्तो रह्यो होला ? वातावरणमा त्यसले कस्तो प्रभाव पा¥यो होला ? के पारिस्थितक पद्धतिलाई लकडाउनले सकारात्मक पहल ग¥यो त ?

छ महिनासम्म बन्दाबन्दी नखुल्दा काठमाडौंका सहरहरूको सुन्दरताको बयान गरेर सामाजिक सञ्जालमा पनि धेरै पोस्टहरू देखिए । सबैले सहरलाई लकडाउनले दिएको उपहारको रूपमा टिप्पणी गरेको पाइन्छ । बस्, यहाँ कुनै वन्यजन्तु आएनन्, त्यसबाहेक काठमाडौं पनि एउटा खुल्ला वातावरणमा विचरण गरिरहेको पन्छीजस्तै सवारी मुक्त थियो र सुन्दर पनि । तर नेपालका वन्यजन्तुको बारेमा भने खासै चासो दिएको पाइँदैन ।

तर लकडाउनकै कारण विदेशी सहरी भेगमा भने कतिपय अनौठा दृश्यहरू समेत देखिए । पहाड र हिमाली भेगमा पाइने एक किसिमको बिरालो चिलीको स्यान्टियागोको सडकमा  भेटियो भने इटालीको ट्राइस्ट बन्दरगाहमा रहेको शान्त पानीमा डल्फिन देखापरेको छ । यसले मान्छे घरभित्र बस्दा स्वतन्त्र बनेका वन्यजन्तु एवं अरू जनावरको प्रतिनिधित्व गरेको छ ।

भौतिक गतिविधिहरु ठप्प भइरहँदा वा कृतिम हस्तक्षेप नहुँदा प्रकृतिले नै आनन्दपूर्वक विश्राम लिए झै भयो । वायुमण्डल स्वच्छ भयो । रुखपातहरु हराभरा भए । पंक्षीहरु उन्मुक्त आकासमा नाचे । बन्यजन्तुहरु स्वच्छन्द रमाए ।

वन्यजन्तुलाई बन्दाबन्दीको चुनौती

अन्य प्रजातिहरूको लागि महामारीले नयाँ चुनौतीहरू सिर्जना गरेको हुन सक्छ भन्ने जानकारहरूको अनुमान छ । उदाहरणका लागि सहरी भेगमा मानिससँगै घुलमिल भएका जनावरहरूलाई यसले समस्या गरेको हुन सक्छ । जस्तै, मुसा, बाँदर, छाडा कुकुर जस्ता जनावर बन्दाबन्दीका कारण समस्यामा परेका पनि छन् । कुकुरले भोगेको दुर्गति काठमाडौंका सहरमा स्पष्ट देख्न सकिन्थ्यो । अधिक दुर्गम क्षेत्रहरूमा मानव उपस्थिति कम हुने र सम्भावित खतरामा भएका प्रजातिहरू जस्तै, गैंडा, शिकारी चरा जस्ता पशुपन्छीले बन्दाबन्दीको कारण समस्या भोगेको हुन सक्ने जानकारहरू बताउँछन् ।

विदेशतिर यतिबेला विभिन्न विद्युतीय उपकरणबाट जनावरसँग अन्तक्र्रिया गर्न सकिने खालको प्रविधिको समेत प्रयोग सुरु भएको छ । यो अध्ययनको लागि पनि जनावरहरूमा जडान गरिएको विद्युतीय उपकरणको सहयोग लिइएको थियो । ‘बायो लगर’ जस्ता प्रविधिले विश्वका विभिन्न देशमा गरिएको वन्यजन्तुसम्बन्धी अध्ययनमा जनावरहरूको चाल, आचरण र तनावको स्तरबारे अध्ययन गर्ने गरेगरिएको छ ।

ब्रिटेनको सेन्ट एन्ड्रयूज विश्वविद्यालयका जीववैज्ञानिक क्रिस्चियन रुट्ज भन्छन् ‘संसारभरिका जीवविज्ञहरूले सूक्ष्म ढंगले अत्याधुनिक उपकरणलाई जनावरमा फिट गरेका छन् । यी बायोलगरहरूले जनावरको आवागमन र व्यवहारको तथ्यांक संकलन गर्ने गर्छन् ।’ यसले मान्छे र वन्यजन्तुबीच अन्तक्र्रिया समेत गर्न सकिने सम्भावना रहेको समेत उनले बताए । यही प्रविधिबाट नै लकडाउनको समयमा वन्यजन्तुमा कस्तो असर प¥यो ? भनेर विश्लेषण गर्ने प्रयास गरिएको छ ।

यस सम्बन्धी अध्ययनमा संलग्न टोलीले लकडाउनको प्रभावले विश्वव्यापी तस्वीर निर्माण गर्ने प्रयासमा माछा, चरा र स्तनपायी जन्तुहरू लगायत विभिन्न किसिमका पशुहरूबाट आउने परिणामलाई एकीकृत गर्नेछ ।

म्याक्स प्लान्क इन्स्टिच्युट फर एनिमल बिहेभियरका निर्देशक मार्टिन विक्ल्स्कीका अनुसार कसैले पनि मानिसहरू स्थायी लकडाउनमा बस्छन् भन्ने बारेमा सोचेका पनि छैनन् र त्यो सम्भव पनि छैन । तर उनीहरुको अध्ययनले यो पत्ता लगाएको छ कि मान्छेको जीवनशैली र यातायातको नेटवर्कमा हुने थोरै परिवर्तनले पनि सम्भवतः इकोसिस्टममा नै सकारात्मक फाइदा पुग्ने अध्ययनले देखाएको छ । यसले मान्छे र वन्यजन्तु दुवैलाई फाइदा गर्ने सो अध्ययनको निष्कर्ष छ ।

यस संकटको अवधिमा समन्वयित विश्व वन्यजन्तुसम्बन्धी अनुसन्धानले मानव जातिका लागि अन्य प्रजातिहरूसँग पारस्परिक रूपले फाइदाजनक सह–अस्तित्व बनाउने र स्वस्थ वातावरण हाम्रो आफ्नै हितका लागि कत्तिको महत्वपूर्ण छ भनेर पुनः पत्ता लगाउने अवसरहरू प्रदान गरेको पनि अध्ययनको निष्कर्ष छ ।

इटालीको एडमण्ड म्याक फाउन्डेसनका वरिष्ठ अनुसन्धानकर्ता एवं युरोमाम्लस अनुसन्धान नेटवर्कका प्रमुख अन्वेषक फ्रान्सेस्का कागनाचीका अनुसार यस्तो अन्तर्राष्ट्रिय अनुसन्धानको लागि विभिन्न ठाउँबाट २०० भन्दा बढी डाटासेट उपलब्ध थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यामको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment