+
+

ध्रुव दत्तको ‘शुन्य’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३१ गते ११:४१

कलाकार ध्रुव दत्तको अभिनय रहेको लघु फिल्म ‘शुन्य’ सार्वजनिक भएको छ । बेलायतमा रहेर कलाकारिता गर्दै आएका दत्तले अभिनय गरेका ‘तीन घुम्ती, लिलिबिली, आवेग, दि प्लान’ लगायतका चलचित्र रिलिज भैसकेका छन् ।

उनले अभिनय गरेको छोटो चलचित्रलाई सनम बैरागले निर्देशन गरेका हुन् । कोरोनाले गर्दा उत्पन्न परिस्थितीको कथामा यो छोटो चलचित्र बनेको छ ।

विदेशमा रहेर काम गरिरहँदा आफ्नो जन्मभूमी फर्किन नपाएको पीडा यो चलचित्रमा हेर्न सकिन्छ । शन्तकुमार राइको छायांकन रहेको यो छोटो चलचित्रमा धुव्रको मन छुने अभिनय छ ।

कोरोनाका कारण उत्पन्न परिस्थितीमा यसअघि पनि छोटा चलचित्र बनिसकेका छन् । ध्रुवको ‘शुन्य’ले यो अवस्थाको गहिराइलाई छुने प्रयास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?