Comments Add Comment

विश्वकै अनौठो रेष्टुरेन्ट : जहाँ बोलेर होइन, इसाराले अर्डर गर्नुपर्दछ

संसारमा भएका अनेकखाले विचित्र रेष्टुरेन्टहरुका बारेमा बेला बखतमा अनौठा समाचार पढ्न पाइन्छ । कहीँ मानिसहरुलाई जेलमा थुनेजस्तै थुनिन्छ भने कहीँ मान्छेहरु रुखमा बसेर खान्छन् र कहीँ पानी मुनि । अनौठा रेष्टुरेन्टहरुको भिडमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ पुग्ने ग्राहकहरु बोलेर होइन इसाराले खाने कुरा अर्डर गर्नु पर्दछ ।

चीनको ग्वाङझुमा रहेको उक्त रेष्टुरेन्टको नाम साइलेन्ट क्याफे हो । विश्वको चर्चित फूडचेन कम्पनी स्टारबक्सले उक्त रेष्टुरेन्ट सञ्चालन गर्दछ । सो रेष्टुरेन्टको विशेषता भनेकै त्यहाँ ग्राहकहरु बोलेर होइन इसाराले काम चलाउनु पर्दछ ।

मेन्यू कार्डमा हेरेर हातको इसाराले खाने पिउने चिजको नम्बर भनेर अर्डर गर्नुपर्दछ । त्यस्तो इसाराको अर्डर त्यहाँका वेटर तथा वेट्रेसहरुले बुझ्दछन् र तत्कालै खानेकुरा ग्राहकको टेबुलमा आइपुग्दछ ।

यद्यपि इसाराले कुरा बुझाउनै नसकिएमा एउटा चिर्कटोमा लेखेर वेटरलाई दिन सकिने सुविधा पनि छ त्यहाँ । साथै ग्राहक र कर्मचारीहरुबीच डिजिटल सञ्चारको पनि व्यवस्था गरिएको छ । रेष्टुरेन्टका भित्ताहरुमा सांकेतिक भाषाका चिन्ह तथा संकेतहरु लेखिएको छ, ता कि त्यहाँ आउने ग्राहकहरुले बुझ्न र बुझाउन सकून् ।

वास्तवमा इसाराले अर्डर गर्नुपर्ने नियमयुक्त सो रेष्टुरेन्ट खोल्नुको उद्देश्य भनेको आम मानिसहरुलाई बहिरा मानिसहरुको भाषा बुझ्नका लागि प्रेरित गर्नु भएको बताइएको छ ।
उक्त रेष्टुरेन्टमा काम गर्ने केही कर्मचारीहरु कान नसुन्ने तथा बोल्न नसक्नेहरु रहेका छन् ।

स्मरण रहोस् स्टारबक्सले यसअघि नै अमेरिकाको वाशिङटन डिसी र मलेसियामा समेत यस्तै चुपचाप रेष्टुरेन्ट खोलिसकेको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment