Comments Add Comment

ड्रग्सको मुद्दामा नाम जोडिएपछि अदालत पुगिन् रकुल

नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालत गुहारेकी छिन् ।

रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् । दिल्लीको उच्च न्यायलमा उनले उजुरी दिदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् । नायिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोको दबाबमा आएर आफ्नो नाम लिएको समेत रकुलको तर्क छ । रकुलले आफ्नो नाम बदनाम गरिरहेका न्यूज मिडियालाई कारवाहीको समेत माग गरेकी छिन् ।

रकुलको उजुरीपछि अदालतले भारतको केन्द्र सरकारसँग यसको जवाफ मागेको छ । मिडियाले पनि रियाको मुद्दामा रकुलसँग सम्बन्धित बिषयलाई ध्यान दिएर प्रशारण गर्ने अपेक्षा पनि गरेको छ । केही दिनदेखि मिडियामा साराअली खान, रकुल प्रित जस्ता कलाकारको नाम रियाले आफ्नो बयानमा लिएको भन्दै खबर प्रशारण भैरहेका छन् ।

तर, एनसीबीका निर्देशक केपीएस मल्होत्राले यो कुराको खण्डन गर्दै रियाले कुनै कलाकारको नाम नलिएको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment