+
+

एफआईभीबीद्वारा भलिबल क्लब वर्ल्ड च्याम्पियनसिप रद्द

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते १४:१९

२ असोज, काठमाडौं । विश्व भलिबलको सर्वोच्च निकाय एफआईभीबीले एफआईभीबी भलिबल क्लब वर्ल्ड च्याम्पियनसिप रद्द गरेको छ ।

एफआईभीबीको बोर्ड अफ एडमिनिस्ट्रेसनको निर्णयपछि च्याम्पियनसिप रद्द गर्ने निर्णय भएको हो ।

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण टिमलाई यात्रा गर्न र दर्शकहरुको समेत सहभागिता अनिश्चित रहेकाले एफआईभीबीले २०२० को संस्करण नगर्ने भएको हो । एफआईभीबी विश्व भलिबल परिवारको सुरक्षाका लागि प्रतिवद्ध रहेको समेत जनाएको छ ।

यस्तै एफआईभीबीले सन् २०२१ मा च्याम्पियनसिप आयोजना गर्नका लागि यसै वर्षको अक्टोबरभित्र आह्वान समेत गर्ने जनाएको छ ।

२०१९ को पुरुष भलिबल क्लब वर्ल्ड च्याम्पियनसिप ब्राजिल र महिला भलिबल क्लब वर्ल्ड च्याम्पियनसिप चीनले आयोजना गरेको थियो । पुरुषतर्फ इटालियन क्लब लुब सिभिटानोभा र महिलातर्फ चीनको इमोको भोलीले स्वर्ण जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?