+
+
Shares

थिमि प्रहरीमा ६४ जना कोरोना संक्रमित, ४० जना निको भए

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ४ गते १९:३९

४ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थिमिमा कार्यरत ६४ जना प्रहरीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । प्रहरीसँगै चार जना थुनुवालाई पनि संक्रमण देखिएको छ ।

भक्तपुर प्रहरी परिसरका एक अधिकृतका अनुसार संक्रमित मध्ये ४० जना निको भइसकेका छन् । उनका अनुसार हाल ९ जना प्रहरी होम आइसोलेसनमा बसेका छन् भने अन्य खरिपाटीस्थित आइसोलेसन सेन्टरमा छन् ।

प्रहरीका अनुसार प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट सरुवा भएर आएका एक प्रहरी, बिदाबाट फर्किएका र थुनुवा गरी ६ जनामा संक्रमण देखिएको थियो । त्यसपछि कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप व्यक्तिहरुमा संक्रमण पुष्टि भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?