५ असोज, काठमाडौं । साडियो मानेको दुई गोल मद्दतमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ ।
दोस्रो हाफ पूरै १० खेलाडीमा रहेर खेलेको चेल्सीलाई लिभरपुलले २-० ले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको १० सुरुवाती १० मिनेटमै मानेले लिभरपुलका लागि दुई गोल गरे । मानेले ५०औं र ५४औं मिनेटमा गोल गरे ।
७५औं मिनेटमा चेल्सीले गोलअन्तर कम पार्ने अवसर पाएको थियो । तर जर्जिन्होले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार लिभरपुलका गोलकिपर एलिसनले बचाए ।
चेल्सीका आन्द्रेस क्रस्टेनसन पहिलो हाफमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
प्रतिक्रिया 4