५ असोज, काठमाडौं । साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको पहिलो खेलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडलाई रियल सोसिडाडले गोलरहित बराबरीमा रोकेको हो ।
सिजनको पहिलो खेलमै रियल अंक बाँड्न बाध्य भएको हो । सोसिडाडले भने लगातार दोस्रो बराबरी खेलेको हो । सोसिडाडले यसअघि रियल भाल्लाडोलिडसँग बराबरी खेलेको थियो । करिब बेन्जामाले रियलका लागि ३५०औं खेल पूरा गर्दा टिमले भने जित्न सकेन ।
ग्रानाडा र रियल बेटिसले भने लगातार दोस्रो जित हात पारेको छ । ग्रानाडाले अलाभेजलाई २-१ ले पराजित गर्दा बेटिसले रियल भाल्लाडोलिडलाई २-० ले पराजित गरेको हो । ग्रानाडाका लागि रोवर्टो सोल्डाडो र डार्विन माचिसलले एक-एक गोल गरे ।
बेटिसका लागि नविल फेकिर र विलियम कार्भाल्होले एक-एक गोल गरे ।
प्रतिक्रिया 4