Comments Add Comment

खेलकुद पूर्वाधार निर्माणका लागि प्रस्ताव पेश गर्न स्थानीय तहलाई मन्त्रालयको आह्वान

५ असोज, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा खेलकुद पूर्वाधार (खेलग्राम) निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

मन्त्रालयले सोमबार सूचना जारी गदै स्थानीय तहलाई खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम अनुसार यस वर्षका लागि मन्त्रालयले थप ३० वटा पालिकाहरुमा खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो । मन्त्रालयले स्थानीय तहसँगको साझेदारीमा गत वर्षदेखि ८४ वटा पालिकामा खेलग्राम निर्माण कार्य सुरु गरिसकेको छ ।

सरकारले देशभरका स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण गर्ने उद्धेश्यले एक स्थानीय तहमा एक खेलग्रामको रुपमा विकास गर्न प्रकिया अगाडि बढाएको छ ।

स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि २०७५ र मन्त्रालयले पठाएको नमुना खेलग्रामको अवधारणा बमोजिम खेल विधाअनुसार प्रस्ताव पेश गर्नु पर्नेछ । जसमा खेल मैदान अन्तर्गत फुटबल मैदान, क्रिकेट मैदान, भलिबल मैदान, कभर्ड हल, ट्रयाक एन्ड फिल्ड, वाकिङ रुट, फुट ट्रेल, स्वीमिङ पुल, विचरण पार्क लगायतका पूर्वाधार निर्माण गर्नका लागि समेटिनु पर्नेछ ।

मन्त्रालयले प्रथम पटक सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरेर मन्त्रालयको खेलकुद पूर्वाधार विकास शाखा वा राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरमा प्रस्ताव पेश गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment