+
+
Shares

दक्षिण कोरियामा घट्दैछ कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते ८:४३

सउल । दक्षिण कोरियामा मध्य अगस्टदेखि शुरु भएको दोश्रो लहरको कोरोना भाइरस संक्रमण विगत २ हप्तादेखि लगातार कम हुँदै गएको छ।

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार नयाँ संक्रमित थपिने क्रम लगातार ३ दिनदेखि १ सयभन्दा कम छ।

गएको २४ घण्टामा ६१ जना नयाँ संक्रमित थपिए सँगै कोरियामा हालसम्म कुल संक्रमितको संख्या २३ हजार १ सय ६ पुगेको छ। मंगलबार थपिएका ६१ जनामध्ये १० जना बाहिरबाट संक्रमित भई आएका छन्।

मंगलबार थपिएका संक्रमितको संख्या गत अगस्ट १३ तारिखयताकै सबैभन्दा कम हो।

गत अगस्ट १४ मा राजधानी सउलमा रहेको एक चर्चले नेतृत्व गरेको सरकार बिरोधी प्रदर्शन पश्चात कोरोनाले दोश्रो लहरको माहामारीको रुप लिएको थियो। त्यसताका सरकारले भाइरस नियन्त्रणको लागि तत्काल २.५ मिटर सामाजिक दुरीको अभियानलाई कडाइका साथ लागु गरेको थियो भने अहिले संक्रमणको दर घट्दै जाँदा सामाजिक दुरीलाई केही खुकुलो बनाएको छ।

कोरियामा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ८८ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या २० हजार ४ सय ४१ रहेको छ। त्यस्तै, कोरियाले हालसम्म २२ लाख ४५ हजार १ सय १२ जनाको पिसिआर विधिबाट कोरोना भाइरस परीक्षण गरेको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?