Comments Add Comment

गायक बने टाइगर श्राफ

एक्सन नायकको रुपमा आफ्नो नाम बलिउडमा स्थापित गरिसकेका टाइगर श्राफ अब गायक बनेका छन् ।

बीग बैंग म्यूजिकको साथमा उनले आफ्नो स्वरमा समावेश पहिलो गीत ‘अनबिलिवेबल’ सार्वजनिक गरेका छन् । यो गीतको म्यूजिक भिडियोमा टाइगर आफैले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् ।

टाइगरले सधै नै आफूले आफ्नै धुनमा गीत गाउन र डान्स गर्न चाहेको बताएका छन् । अब यो सपना पुरा भएको भन्दै टाइगरले आफू उत्साहित भएको बताएका छन् ।

टाइगरले लकडाउनको समयमा गीत रेकडिङ गर्न र भिडियो तयार गर्न आफूलाई व्यस्त राखेका थिए । टाइगरले सामाजिक संजालमा लेखेका छन्–‘मलाई लाग्थ्यो कि गीत गाउन भन्दा एउटा घरबाट अर्को घरमा दौडन नै गाह्रो हुन्छ । तर, गीत गाउनु अहिलेसम्मकै चुनौतीपूर्ण र सबैभन्दा आनन्द दिने काम लागेको छ । विश्वभरका संगीतकारलाई मेरो धेरै सम्मान छ । मैले अझै धेरै सिक्नु छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment