+
+

मर्मत सम्भार गर्दा विद्युत आपूर्ति प्रभावित भएको हो : प्राधिकरण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते २१:०७

८ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण प्रतिवद्ध रहेको बताएको छ । एक सूचना जारी गरेर प्राधिकरणले प्रशारण एवम् वितरण लाइनको सञ्चालन तथा विद्युत आपूर्तिको निरन्तरता, विद्युत महशुल र भुक्तानी सम्वन्धमा उपभोक्ताले देखाएको चासो र चिन्ताको सम्वन्धमा सजग रहेको बताएको छ ।

‘विद्युतको प्रशारण तथा वितरण संरचना जमिनमाथि (ओभर हेड)बाट गएकोले प्रतिकुल मौसमका कारण कुनै-कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको छ, नियमित रुपमा गर्नुपर्ने मर्मत संभार तथा प्रणाली सुधारको कार्य गर्नुपर्दा विद्युत आपूर्ति बिच्छेद गर्नुपर्ने भएकोले यस्तो अबस्थामा विद्युत आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने गर्दछ,’ प्राधिरकणले भनेको छ । समस्याहरुको निराकरण तथा सुधार गर्दै नियमित विद्युत आपूर्ति गर्न प्रतिवद्ध रहेको प्राधिकरणले बताएको छ ।

विद्युत आपूर्तिमा आउने अवरोधलाई जोडेर ‘अब लोडसेडिङ हुन थाल्यो’ भन्ने जस्ता अफवाह पनि सुनिने गरेको भन्दै प्राधिकरणले त्यसमा कुनै सत्यता नभएको र त्यस्तो अवस्था नरहेको बताएको छ ।  आम उपभोक्ताहरुमा थप भरपर्दो र नियमित विद्युत सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको प्राधिकरणले दोहोर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?