+
+
Shares

विवेकशीलद्वारा डाक्टर केसीको जीवन रक्षाको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ९ गते १५:१९
अनलाइनखबर फाइल

९ असोज, काठमाडौं । विवेकशील नेपाली दलले सत्याग्रही डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।

भदौ २९ गतेदेखि जुम्लामा १९‍औं अनसन सुरु गरेका केसी ९औं दिनको दिन काठमाडौं आएर त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बसेका छन् । उनको स्वास्थ्य बिग्रिदै गएको छ ।

१२औं दिनसम्म पनि सरकार संवेदनशील नभएको भन्दै विवेकशीलले माग सम्बोधनका लागि तत्काल वार्ता गरी डाक्टर केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।
साथै सत्याग्रही डाक्टर केसीलाई गरिएको जवरजस्ती व्यवहारप्रति सरकारले नि:शर्त माफी माग्नु पर्ने विवेकशीलको माग छ ।

पछिल्लो समय डाक्टर केसीले पहिलेका सबै माग पूरा गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन तत्कालन सुरु गर्नुपर्ने, दूर दराजमा मेडिकल शिक्षा विस्तार गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?