+
+
Shares

अर्घाखाँचीको शीतगंगामा पहिरोले १७ घर बगायो

टोपराज शर्मा टोपराज शर्मा
२०७७ असोज ९ गते १८:२९

९ असोज, बुटवल । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा पहिरो जाँदा १७ घर बगाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा पहिरो जाँदा १७ घर बगाएको हो ।

तीन दिनको अविरल वर्षापछि शुक्रबार दिउँसो पहिरो गएको हो । पहिरोले मानवीय क्षति भए–नभएको यकीन भएको छैन । भिरालोमा रहेको वस्तीका १७ घर, गोठ, कुखुरा फार्म बगाउँदा नगद, जिन्सी, अन्नपात, पशु चौपाया गरेर एक करोड रुपैयाँ भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

गाउँमा पहिरो गएसँगै ३५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिए । घटनास्थलमा पुगेर प्रहरी र स्थानीय बासिन्दाले विस्थापित परिवारको उद्धार थालेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाडाको प्रहरीको टोली पुगेको छ । ‘पहिरो बगिरहेकाले क्षतिको बारेमा भन्न सकिन्न तर ठूलो क्षति भएको अनुमान छ’, घटनास्थलमा पुगेका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?