+
+
Shares

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते ९:०२

११ असोज, कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो ।

डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?