+
+
Shares

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते ११:०४
फाइल तस्वीर

११ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

नेकपाका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता जारी रहेको जानकारी दिए ।

भेटमा सरकार र पार्टीका कामकारबाहीबारे छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ । तर, कुन–कुन विषयमा छलफल भयो भन्ने प्रचण्डको सचिवालयले खुलाएन ।

मन्त्रिपरिषद पुनर्गठनको चर्चा चल्नु, यही चर्चाको बीच आजै प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक आह्वान गर्नु र मन्त्रिपरिषद बैठक बस्नुअघि दुई अध्यक्षबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?