Comments Add Comment

कलेजो प्रत्यारोपण सर्भसुलभ बनाउन प्रधानमन्त्रीलाई प्रस्ताव

डा. रमेश सिंह भण्डारी

११ असोज, काठमाडौं । कोरोना महामारीको कारण रोकिएको कलेजो प्रत्यारोपणको सेवा सुरु गर्न र कलेजो प्रत्यारोपणको खर्च सर्भसुलभ बनाउने प्रस्ताव लिएर सर्जन रमेश सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

सरकारले मिर्गौला, क्यान्सर लगायत अन्य ८ रोगहरुलाई सहुलियतमा उपचार दिँदै आएको छ । कलेजो प्रत्यारोपण पछिल्लो वर्षमात्रै सुरु भएकाले यसको उपचारमा सरकारबाट सहुलियत छैन । प्रत्यारोपणको खर्च महँगो भएकाले धेरै बिरामीले प्रत्यारोपण गर्ने हिम्मत गर्दैनन्, जसको कारण धेरै मानिसले अकालमै ज्याउन गुमाएका छन् ।

अन्य रोगलाईझै कलेजो प्रत्यारोपणलाई पनि सहुलियत दिए धेरै बिरामीको ज्यान जोगाउन सकिने भन्दै प्रस्ताव लिएर प्रधानमन्त्री ओलीलाई भेट्न गएको डाक्टर सिंह बताउँछन् ।

उनका अनुसार प्रधानमन्त्री ओली पनि यो विषयमा सकारात्मक छन् । ‘उहाँले कलेजो प्रत्यारोपणलाई सर्भसुलभ बनाउन सक्दो सहयोग गर्ने बताउनु भएको छ,’ डाक्टर सिंहले भने, ‘ लिखित रुपमा फाइनल प्रस्ताव लिएर आउनू भन्नु भएको छ।’

यो पनि पढ्नुहोस शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण : यो त सुरुवात मात्र हो ! यो पनि पढ्नुहोस कलेजो प्रत्यारोपण : डाक्टर भन्छन्- सक्छौं, तर कानुन खै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment