Comments Add Comment

भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो

फाइल तस्वीर

१२ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म ६० लाख ७४ हजार ७०३ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८२ हजार १७० नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ९५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट एक हजार ३९ जनाको मृत्यु भएको हो । यससँगै समग्रमा भारतमा मृत्यु हुनेको संख्या पनि ९५ हजार ५४२ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोनाका ५० लाख १६ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् भने नौ लाख ६२ हजार ६४० संक्रमित निको हुन बाँकी छन् ।

भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुक हो । अहिलेसम्म अमेरिकामा ७१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment