Comments Add Comment

घरमा एक्लै बस्दै आएकी महिला मृत भेटिइन्, हत्या भएको शङ्का

१२ असोज, सप्तरी । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिला मृतावस्थामा भेटिएकी छन् ।

परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा ५० वर्षीया दयामनदेवी यादव घर-आँगनमै मृतावस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनको हत्या भएको प्रहरीको आशङ्का छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले हत्या भएको अवस्थामा महिलाको शव फेला परेकाले घटनाको अनुसन्धान भइरहेको बताए ।

घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेश सिंह स्वयम् पुगेको जानकारी दिदै उनले धमलाले घटनाको अनुसन्धानमा सङ्घीय प्रहरी र प्रदेश प्रहरीले समेत सहयोग गरिरहेको जानकारी दिए । सोमबार प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट आएको टोली घटनास्थल पुगेको छ ।

शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण गरिएको छ । गाउँदेखि अली फरकमा रहेको घरमा एक्लै बस्दै आएकी उनको घाँटी डोरीले बाँधेर दबाइएको, आँखा फुटाइएको र कानसमेत काटिएकाले कर्तव्यबाटै हत्या भएको ठहरका साथ प्रहरी अनुसन्धानमा जुटेको प्रहरी उपरीक्षक धमलाले बताए ।

मृतकको हत्या भएको भन्दै उनका श्रीमान् शिवनारायण कौडगिया यादवले सामान्य उजुरी दिएको जानकारी दिँदै प्रहरीले हत्याका आरोपित यकिन भएपछि पुनःकर्तव्य ज्यानको उजुरी लिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment