+
+
Shares

गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरीलाई दिनको ३ सय भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १८:२१

१२ असोज, काठमाडौं । सरकारले उद्धार कार्यमा खटिने गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई दिनको ३ सय रुपैयाँको दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई उद्धार कार्यमा खटिएको दिनको ३०० का दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै गोताखोर सशस्त्र प्रहरी कर्मचारीलाई १० लाख रुपैयाँसम्मको विशेष विमाको व्यवस्था मिलाउने निर्णय पनि गरेको उनले बताए ।

सशस्त्र प्रहरीको सातवटै प्रदेशको कार्यालय र अन्य केही स्थानमा गरी ३७ जना गोताखोर तालिमप्राप्त कर्मचारी छन् । तीमध्ये १८ जना बंगलादेशमा तालिम लिएर आएका हुन् भने १९ जनाले नेपालमै लिएका हुन् ।

हेर्नुहोस् असोज ८ गतेको मन्त्रिपरिषद निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?