+

प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण

२०७७ असोज  १३ गते ९:०४ २०७७ असोज १३ गते ९:०४
प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण

१३ असोज, काठमाडौं । प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रिमियर लिगमा पछिल्लो साता गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ ।

नयाँ सिजन सुरु भएपछि प्रिमियर लिगमा पहिलो पटक धेरै संख्यामा संक्रमित देखिएका हुन् ।

पछिल्लो चरणमा २१ सेप्टेम्बर देखि २७ सेप्टेम्बरसम्म कूल १ हजार ५९५ जना क्लबका खेलाडी र स्टाफमा कोरोना परीक्षण गरिएको थियो । त्यसमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरुको परिचय भने खुलाइएको छैन । उनीहरु सबै अब १० दिनका लागि आइसोलेसनमा बस्नेछन् ।

प्रिमियर लिगले साप्ताहिक रुपमा २० वटै क्लबको खेलाडी र स्टाफको परीक्षण गर्दै आएको छ ।

गत हप्ता वेस्टहमका प्रशिक्षक डेभिड मोयससहित दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो । त्यसलगत्तै तीनजना आइसोलेसनमा बसेका थिए ।

सन् २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु भएको छ।

कोरोना भाइरस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय