Comments Add Comment

१० खेलाडीमा झरेर पनि बार्सिलोनाको शानदार जित

१६ असोज, काठमाडौं । युवा स्टार अंशु फाटीले लगातार दोस्रो खेलमा गोल गर्दा स्पानिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ ।

गएराति भएको खेलमा १० खेलाडीमा झरेर पनि बार्सिलोनाले सेल्टाभिगोलाई ३-० ले हरायो । बार्साका लागि फाटी र सरजी रोवर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

पहिलो हाफको अन्त्यतिर क्लेमेन्ट लेङलेटले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा झरेको थियो ।

सेल्टाको मैदानमा भएको खेलको ११औं मिनेटमा फाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा लेङलेट रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बार्सिलोनाले १० खेलाडीमा रहेर खेल्यो । तर पनि बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्‍यो ।

५१औं मिनेटमा सेल्टाका लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो । इन्जुरी टाइममा सर्जी रोवर्टोले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पारेको हो ।

नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित हात पारेको बार्सिलोना ६ अंकसित पाँचौ स्थानमा छ ।

यस्तै सेभियाले पनि लगातार दोस्रो जित हात पार्दै ६ अंक जोडेको छ र छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment