Comments Add Comment

कोरोनाबाट ५ दिने शिशुसहित ९ जनाको मृत्यु

१८ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ५ दिने शिशुसहित ९ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुका अनुसार चितवनका जना तथा काठमाडौं, ललितपुर, मकवानपुर, मोरङ, बाँके, दैलेख र कञ्चनपुरका एकएक जनाको मृत्यु भएको हो ।

  • मकवानपुरकी ५ दिने शिशुको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । जन्मदा कम तौल र सेप्सिस भएकी उनलाई १३ गते अस्पताल भर्ना गरिएको थियो र त्यही दिन कोरोना संक्रमण पुष्टि भयो । उनको उपचारका क्रममा १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • कालिका नगरपालिका-७, चितवनका ६२ वर्षीय पुरुषको आइतबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । खोकी र श्वासप्रश्वासको समस्या कारण अस्पताल भर्ना भएका उनलाई १६ गते संक्रमण पुष्टि भएको थियो ।
  • इच्छाकामना-३, चितवनकी ५५ वर्षीया महिलाको शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी असोज ५ गते अस्पताल भर्ना भएकी थिइन् ।
  • नयाँबजार, काठमाडौंका ५५ वर्षीय पुरुषको शनिबार वीर अस्पतालमा मृत्यु भएको छ । फोक्सोको समस्या लिएर शनिबार नै अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको थियो ।
  • बिहीबार वीरेन्द्र अस्पतालमा मृत्यु भएका गोदावरी, ललितपुरका ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी निमोनिया भएर असोज १५ गते अस्पताल भर्ना भएका थिए ।
  • नेपालगञ्ज उपमहानगरपालिका-१२, बाँकेका ६० वर्षीय पुरुषको शनिबार भेरी अस्पतालमा मृत्यु भएको छ । १५ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनी मधुमेह, उच्चरक्तचाप र मुटु रोगका विरामी थिए ।
  • महेन्द्रनगर-१, कञ्चनपुरकी २९ वर्षीया सुत्केरीको आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा जुम्हमाला बच्चा (छोरा र छोरी)लाई जन्म दिउकी उनलाई कोरोना संक्रमण भएको १४ गते पुष्टि भएको थियो भने १५ गते नेपालगञ्जमा भर्ना गरिएको थियो ।
  • नारायण नगरपालिका-५, दैलेखका ५१ वर्षीय पुरुषको आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा मृत्यु भएको छ । कोरोना संक्रमित र आन्द्रा फुटेको समस्याका कारण कर्णाली प्रदेश अस्पतालले उनलाई नेपालगञ्ज रिफर गरेको थियो र शनिबार मध्यराति भर्ना भएका थिए ।
  • बिराटनगर महानगरपालिका-९, मोरङका ६२ वर्षीय पुरुषको आइतबार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मृत्यु भएको छ । मधुमेहका विरामी उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment