+
+

सरकारलाई साझा पार्टीको प्रश्न– डा. केसीलाई मार्नै खोजेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते १८:४६

१९ असोज, काठमाडौं । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकारले क्रुर असंवेदनशीलता प्रकट गरेको आरोप साझा पार्टीले लगाएको छ । सरकारी वेवास्ताले डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने चेतावनी समेत साझा पार्टीले दिएको छ ।

साझा पार्टीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसपटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन । ‘कुचोले बढार्नु पर्ने कसिंगर, हावाले उडाएर लैजाओस्’ भने झैँ रवैया प्रस्तुत गरिरहेको छ । के सरकारले डा. केसीलाई मार्नै खोजेको हो ?’

‘डा. केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्‍यो । होइन भने विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुपर्‍यो ।’ साझाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?