Comments Add Comment

फरक छ, कार्डियाक अरेस्ट र हृदयाघात

हेर्दा स्वस्थ वा सबैकुरा ठीकठाक देखिएपनि कतिपय व्यक्तिको अचानक मृत्यु हुन्छ  । यसको खास लक्षण पनि देखिदैन । कतिपयले यसलाई हृदयघात भनेर बुझ्ने गर्छन् । हृदयघात र कार्डियाक अरेस्टलाई धेरैले एउटै हो भन्ने ठान्छन्् । जबकी यी दुबै फरक हुन् । हृदय सम्बन्धी समस्या र उस्तै प्रकृतिको हुने भएकाले पनि यसबीचमा फरक छुट्याउन गाह्रो भएको हो । यद्यपि हृदयघात र कार्डियाक अरेस्ट हुने कारण भिन्न हुन्छन् ।

शरीरमा कुनै समस्याका कारण जब हृदयले काम गर्न बन्द गर्छ, त्यसलाई सडेन कार्डियाक अरेष्ट भन्ने गरिन्छ । यो मुख्यतया, इेलेक्ट्रिक समस्या हो जसमा मुटुको धडकन अनियमित हुनपुग्छ र मुटुले रगतलाई राम्ररी पम्प गर्न सक्दैन । जसका कारण शरीरले मस्तिष्क, फोक्सो लगायतका शरीरका महत्वपूर्ण अंग रगत पुग्न सक्दैन । मुटुले काम गर्न बन्द गर्छ ।

जब कार्डियाक अरेस्ट हुन्छ, मानिस अचानक बेहोस हुन्छन् । समयमा उपचार नपाएको अवस्थामा मृत्यु समेत हुनसक्छ । त्यसैले, सडेन कार्डियाक अरेस्ट भएमा व्यक्तिको उपचार तुरुन्तै सुरु गर्न जरुरी छ ।

के हुन्छ लक्षण ?

सडेन कार्डियक अरेस्टको खासै लक्षण देखिदैन । तर तुरुन्तै उपचार नपाएमा विरामीको बाच्ने सम्भावना पनि रहदैन । यद्यपी, कार्डियाक अरेस्ट भएमा विरामी बेहोस हुने, प्रतिक्रिया नजनाउने तथा स्वासप्रस्वास असामान्य हुने गर्छ ।

कार्डियाक अरेष्ट हुनुमा मुटु सम्बन्धि कारण ?

–कोरोनली आर्टरी डिजिज

–हृदयाघात

–कार्डियोमायोप्याथी

–कञ्जिनेटल हार्ट डिजिज

–मुटुको धमनीमा समस्या

–मुटुको मांसपेशीमा सुजन

–असामान्य मुटुको गति

कार्डियाक अरेष्टका अन्य कारण

–करेन्ट लाग्नु

–ड्रग्सको अधिक प्रयोग

–रगत खेर जानु

–डुब्नु

के गर्ने त ?

कार्डियाक अरेस्ट भएको एक मिनेट भित्रमा सही उपचार गरेको अवस्थामा विरामीलाई बचाउन सकिन्छ । त्यसको लागि विरामीलाई तुरुन्तै सिपिआर उपलब्ध गराउनु पर्दछ । संभव भएसम्म चाडै एम्बुलेन्स बोलाउनु पर्दछ । अझ एम्बुलेन्समा अटोमेटेड एक्सटर्नल डिफाइब्रिलेटर उपलब्ध भएमा उक्त उपकरणद्वारा विरामीको तुरुन्त उपचार सुरु गर्नु पर्दछ ।

के हो हृदयाघात ?

शरीरमा रक्तसञ्चारको अवरोध भएमा हृदयाघात हुने गर्दछ । अवरुद्ध आर्टरीका कारण मुटुको कुनै भागमा अक्सिजनयुक्त रगतको आपूर्ति हुन सक्दैन । उक्त अवरोधलाई समयमै नखोलेमा मुटुको उक्त हिस्सा खराब हुनुका साथै आर्टरी (रक्तधमनी) नष्ट हुने गर्छ ।

विरामीमा हृदयाघातको लक्षण अचानक देखा पर्ने गर्छ । जसमा व्यक्तिको छाती वा शरीरको माथिल्लो भागमा समस्या हुने गर्दछ । विरामीलाई सास फुल्ने समस्या तथा वान्ता आउने समस्या हुने गर्दछ । हृयघातको लक्षण केहीमा विस्तारै, एक दिन पहिला वा हप्ता दिन पहिलेबाट देखिन सुरु हुने गर्दछ । यसमा मुटु बढी धडकिने गर्दछ । समयमै यसको उपचार नभएमा मुटु विग्रन सक्ने हुदाँ हृदयाघातको लक्षणलाई समयमै जान्न तथा बुझ्न आवश्यक छ । यद्यपी, महिलाहरुमा हृदयाघातको लक्षण पुरुषहरुमा भन्दा फरक हुनसक्छ ।

हृदयाघात भएमा के गर्ने ?

हृदयाघातमा एक एक मिनेटको महत्वपूर्ण रहन्छ । त्यसैले, कुनै व्यक्तिमा हृदयाघातको लक्षण थोरै मात्र देखिएमा पनि तुरुन्तै अस्पताल पु¥याउनु पर्छ ।

हृदयाघात र कार्डियाक अरेस्ट बीचको अन्तरसम्बन्ध ?

धेरैजसो हृदयाघातमा कार्डियाक अरेष्टको लक्षण देखिदैन । तर धेरैजसो कार्डियाक अरेस्ट हुदाँ हृदयघात हुने गर्दछ । विशेषगरी, मुटुको अनियमित गति यसको मुख्य कारण हुने गर्दछ । त्यस्तै, कार्डियाक अरेष्टमा इलेक्ट्रिक समस्या प्रमुख समस्या हुने गर्छ भने हृदयाघातमा सकुलेसन प्रमुख कारण हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment