+

अस्पतालबाट डिस्चार्ज भए क्रिकेटर ललित भण्डारी

२०७७ असोज  २० गते १९:३६ २०७७ असोज २० गते १९:३६
अस्पतालबाट डिस्चार्ज भए क्रिकेटर ललित भण्डारी

२० असोज, काठमाडौं । काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचाररत राष्ट्रिय टिमका क्रिकेट खेलाडी ललित सिंह भण्डारी मंगलबार डिस्चार्ज भएका छन् । स्वास्थ्यमा उल्लेखय सुधार आएपछि मंगलबार उनी डिस्चार्ज भएको क्रिकेट खेलाडी संघले जनाएको छ ।

गत भदौ २८ गते उनी सवार मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए । धनगढीमा सामान्य उपचार पश्चात उनलाई नेपालगञ्जस्थित मेडिकल कलेजमा भर्ना गरिएको थियो । मेडिकल कलेजका चिकित्सकहरुको परामर्श अनुसार उनलाई थप उपचारका लागि ग्रान्डीमा रेफर गरेको थियो ।

क्रिकेट खेलाडी संघले भण्डारीको उपचार खर्च जुटाउन अभियान नै सञ्चालन गरेको थियो । अभियानका क्रममा १० लाख ८ हजार रुपैयाँ संकलन भएकोमा हेलिकोप्टर भाडाबापत सम्बन्धित कम्पनीलार्य ३ लाख ८० हजार रुपैयाँ भुक्तानी दिइसकेको र बाँकी रहेको ६ लाख २८ हजार रकम भण्डारीकी श्रीमतीलाई हस्तान्तरण गरिसकेका पाण्डेले बताए ।

क्रिकेटर ललित भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय