+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्रीलाई ऋचाको पत्र–‘मलाई मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते १२:०७

देशभर बलात्कारको घटना बढ्दै गएको छ । बालिकाहरु दैनिक बलात्कृत भएको घटना सार्वजनिक भैरहेका छन् । बालिका बलात्कृत हुने घटना बढेपछि नायिका ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै आफूलाई डर लाग्न थालेको बताएकी छिन् ।

उनले लेखेकी छिन्–‘एउटा नायिका बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकाले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ । ती अवोध बालिकाहरुको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ । मलाई भोलीको दिनमा छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला भन्ने डर लाग्न थालेको छ ।’

आफूले जति संकार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितीमा सन्तान हुर्किन्छन् कि भन्ने पिर आफूलाई पर्न थालेको ऋचाले उल्लेख गरेकी छिन् ।

ऋचा अगाडि लेख्छिन्–‘दिनहुँ स–साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेयाम हिडेको या ढाकछोप सामान्य जरिवाना र गन्म मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटा नारी भएकोमा हिजोआज आफैलाई लाज लाग्न थालेको छ । हामी प्रविधिमा अगाडि भएपनि सोचले अझै पिछडिएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी–नातीनीको आँखामा आँखा जुधाई भनी हेर्नुहोस् कि यो देशमा उनीहरु सुरक्षित छन् ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैतला डगमगाउँदैछन् ।’

ऋचाले नारीलाई पुज्ने र राष्ट्रपति स्वयंम महिला भएको देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानुन कार्यान्वयन गर्ने निकायहरुले सामान्य लिएको देख्दा अझै आफूहरु सीताले अग्नी परिक्षा दिएको यूगमा नै रहेको महशुश हुन थालेको पनि उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?