Comments Add Comment

हरेक वर्ष हुन्छ चीन र भारतसँगको सीमा अनुगमन

हुम्लामा असोज पहिलो हप्ता चीनसँगको सीमा अनुगमन गरेर फर्किएको सरकारी टोली ।

२३ असोज, काठमाडौं । सरकारको नीति अनुसार अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले प्रत्येक वर्ष आफ्नो जिल्लाभित्रको सिमानाको अनुगमन गरेर त्यहाँको वस्तुस्थिति गृह मन्त्रालयलाई जानकारी गराउनुपर्छ ।

नेपालको भारत र चीनसँग सिमाना जोडिएको छ ।

यो प्रचलन अहिलेको होइन, पंचायतकालदेखिको चलिआएको हो । तर पनि बेलाबेलामा किन सीमाको बारेमा किन पिलर हराएको तथा सिमा यकिन भएको खबर सार्वजनिक हुन्छ ?

भारतसँगको सिमानामा कालापानी र सुस्ताबाहेक अन्य ठाउँमा पनि पिलर व्यवस्थापनमा केही समस्या भएकाले यस्ता खबर आउनु स्वाभाविक हो, तर चीनसँग सिमाना जोडिएका जिल्लाबाट पनि एकपछि अर्काे विवादस्पद खबरहरु सार्वजनिक भइरहेका छन् ।

चीनसँग सीमा जोडिएका केही जिल्लाका सीमाहरु भने प्रतिकुल मौसमका कारण अनुगमन गर्न कठिन छ । केही सीमा एकदमै दुर्गम र उचाइमा छन् ।

यदि प्रत्येक वर्ष सीमा जोडिएका प्रमुख जिल्ला अधिकारीहरुले सिमानाको अनुगमन गरेर गृहलाई प्रतिवेदन दिने र जिल्लामा पनि यही अवस्था जानकारी गराउने हो भने समस्या उत्पन्न नहुनु पर्ने हो । तर उनीहरुले प्रत्येक बर्ष गर्ने अनुगमनको प्रतिवेदन कहाँ जान्छ भन्ने प्रश्न पनि रहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भन्छन्, ‘प्रमुख जिल्ला अधिकारीहरुको अन्य कयौ जिम्मेवारीसँगै सीमा नाकाको बारेमा अवलोकन गरेर यथास्थिति गृह मन्त्रालयलाई जानकारी गराउनु पनि हो, यसका लागि छुट्टै निर्देशनको आवश्यकता पर्दैन ।’

हालै चीनसँगको सिमा अनुगमन गएकी मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल सीमा नाकाको अवलोकन गरेर गृह मन्त्रालयलाई जानकारी गराउनु नियमित काम भएको बताउँछिन् । ‘म पनि भर्खरै कोराला नाकाको निरीक्षणमा गएकी थिएँ, यहाँको सीमाको अवस्था एकदमै ठिक छ’ उनले भनिन्  ।

सो अनुगमनको समयमा कुनै समस्या देखिएमा प्रमुख जिल्ला अधिकारीहरुले पठाएको प्रतिवेदन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय र नापी विभागलाई जानकारी गराउने प्रचलन रहिआएको छ ।

तर चीनसँग सीमा जोडिएका केही जिल्लाका सीमाहरु भने प्रतिकुल मौसमका कारण अनुगमन गर्न कठिन छ । केही सीमा एकदमै दुर्गम र उचाइमा छन् ।

तर नेपाल र चीनको सीमामा कोर्डिनेट राखिएका कारण पिलर भत्काउने काम हुन नसक्ने सरकारी अधिकारीहरुको भनाइ छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले चीनसँग कुनै पनि सीमा विवाद नभएको पुनः स्पष्ट गरेका छन् ।

रसुवागडी नाकामा निर्माण भइरहेका भौतिक पूर्वाधारको निरीक्षण गर्न पुगेका ज्ञवलीले भारतसँग जोडिएका सीमामा केही समस्या भएपनि चीनसँग कुनै पनि समस्या नभएको बताएका छन् । मन्त्री ज्ञवालीले सिमानको अनुगमनको लागि मन्त्रालयले कार्ययोजना बनाउने काम गरिरहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment