Comments Add Comment

अजरबैजान-अर्मेनिया युद्धमा ड्रोनको भूमिका

काठमाडौं । विवादित भूमि नागोर्नो-काराबको विषयलाई लिएर युद्ध भइरहेका बेला अजरबैजानले अर्मेनियाका सैनिकमाथि ड्रोन आक्रमण गरेको भिडियो सार्वजनिक भएको छ ।

यो टर्कीको ड्रोन हो । यससँगै अजरबैजानले टर्कीसँग ड्रोन पनि किनेको हुन सक्ने आशंका बढेको छ । र, ड्रोन आक्रमणको भिडियोले दुई देशको युद्धलाई थप उग्र बनाएको छ ।

पछिल्लो समय दुवै मुलुक हतियार थप्ने दिशामा अघि बढेका छन् । अजरबैजानले भने अर्मेनियाको तुलनामा धेरै हतियार किनेको छ, जसमा विशेषगरी ड्रोन पनि सामेल छ ।

बायरफ्तर ड्रोन

नागोर्नो-काराबखको युद्धमा सबैभन्दा चर्चामा रहेको विषय हो टर्कीको बायरक्तार टीबी-२ ।

अहिले दुई मुलुकबीचको युद्धको फोटो पनि अजरबैजानको सेनाले सोही विमानबाट खिचेको बताइएको छ । यो ड्रोन टर्कीको कम्पनीले निर्माण गरेको हो । टर्कीले सिरिया र लिबियाको युद्धमा पनि यो मानवरहित ड्रोनको प्रयोग गरेको थियो भने युक्रेनलाई पनि बेचेको थियो । सर्बियाले पनि यो ड्रोन किन्ने इच्छा देखाएको थियो ।

जुन महिनामा प्रकाशित एक प्रतिवेदनमा पनि अब छिटै नै अजरबैजानको सेनालाई यो हतियार मिल्ने दाबी गरिएको थियो । यद्यपि अहिलेसम्म आधिकारिकरुपमा अजरबैजानले यो ड्रोन किनेको पुष्टि हुन सकेको छैन । गत साता अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवले आफूहरुसँग टर्कीको केही विमान रहेको बताएका थिए ।

तर उनले यससँग सम्बन्धित कुनै विवरण भने दिएका थिएनन् । विश्लेषकहरु अजरबैजानले युद्ध शुरु हुनुभन्दा ठीक पहिला यस्ता हतियारहरु पाएको हुनसक्ने बताएका छन् ।

ड्रोनको विवाद

टर्कीले अहिलेसम्म ड्रोन निर्यात तथा त्यसको प्रयोगको विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन । त्यसैले यसमा तेस्रो मुलुकको प्रविधिको प्रयोग गरिएको हुन सक्ने जानकारहरुले अनुमान गरेका छन् । जानकारहरुका अनुसार टर्कीसँग इजरायलको दुई हेरोन टीपी, १० मर्मेस ४५०७, एक सय स्ट्राइकर्स र ५० हारोप्स ड्रोन छन् ।

इजरायल र अजरबैजानको ज्वाइन्ट कम्पनी आजाद सिस्टम्सले एरोस्टार ड्रोन र आर्बिटर-१ र आर्बिटर-३ बनाएका छन् । किंग्स बलेज लण्डनका रिसर्चर रोब लीका अनुसार अर्मेनिया र अजरबैजानको बीचमा युद्ध चर्किनुको कारण बम खसाल्न सक्ने किसिमको ड्रोन हुनु हो । यसअघि अजरबैजानसँग लक्षित क्षेत्रमा उडेर मात्र त्यो क्षेत्रमा आक्रमण गर्न सक्थ्यो ।

अर्मेनियाले सार्वजनिक गरेको एक भिडियोमा पनि एक एक विमानलाई कुनै एन्टी एयरक्राफ्ट मिसाइलले आक्रमणमा ध्वस्त पारिदिन्छ । यो मिसाइल केही हदसम्म सोभियत संघको पालाको एन-४ जस्तो थियो ।

अर्मेनियाले किनेको छैन ड्रोन

अर्मेनियाले अजरबैजानको सैन्य क्षमतालाई कमजोर आकलन गरेको कारण ड्रोन नकिनेको हुन सक्ने रुसी विशेषज्ञ आन्द्रेई फ्रोलोव बताउँछन् । अजरबैजानले प्रयोग गरेको जस्तो ड्रोन रुससँग नभएकाले अर्मेनियालाई अब ड्रोन किन्न इरान वा चीनको भर पर्नुपर्ने हुन्छ ।

तर, उसले यसका लागि आवश्यक पैसा जुटाउन सक्छन् । आफ्नै मुलुकमा ड्रोन निर्माणको अर्मेनियासँग कुनै योजना छैन ।

अर्मेनियाले क्रंक नामक हल्का ड्रोन बनाउँछ । यसको अर्थ क्रेन भन्ने हुन्छ । तर, यसको प्रयोग अहिले जारी युद्धमा गरिएको वा नगरिएको भन्ने विषयमा भने कुनै स्पष्ट जानकारी भने दिइएको छैन ।

ड्रोन अजरबैजानलाई कति सहयोग ?

अजरबैजानले अर्मेनियामा ड्रोनबाट आक्रमण गरेको दर्जनौँ भिडियो सार्वजनिक गरेको छ, जसमा अजरबैजानको ड्रोन अर्मेनियाको सैन्य वाहनहरुलाई सबैभन्दा धेरै लक्षित गरिरहेको देखिन्छ ।

अर्मेनियाको सेनाको अन्य अड्डामा वपन अजरबैजानले निशाना साँधेको देखिन्छ । यद्यपि अजरबैजानले यो युद्धमा कति ड्रोन आक्रमण गर्‍यो र यो आक्रमणमा अर्मेनियाको सेनाको कति नोक्सानी भयो भन्ने विषयमा कुनै स्पष्ट जानकारी पाउन सकिएको छैन ।

विशेषज्ञहरुका अनुसार अर्मेनियाको सैन्य क्षमता तुलनात्मक रुपमा कमजोर देखिएकाले अजरबैजानको ड्रोनले सजिलै निशाना लगाउन सक्छ । अजरबैजानले अर्मेनियाको कमजोरीलाई ध्यानमा राख्दै विवादित क्षेत्रमा मानिससहितको लडाकू विमान वा हेलिकोप्टर पठाएको छैन ।

ड्रोनबाट बच्न सकिन्छ ?

लण्डनका रक्षा विशेषज्ञ रोब लीका अनुसार अजरबैजानको ड्रोनले अर्मेनियातर्फ गम्भीर नोक्सानी पुर्‍याएको छ । तर, अहिलेसम्म यसको कुनै स्पष्ट जानकारी भने छैन ।

रुसी विशेपज्ञ भिक्टर मुरखोव्स्कीका अनुसार अजरबैजानलाई ड्रोनको माध्यमबाट फाइदा पुगे पनि यसबाट बच्नै नसकिने भने छैन । उनका अनुसार सिरियामा पनि सशस्त्र चरमपन्थीले ड्रोनबाट बच्ने रणनीति विकास गरेका थिए । साथै उनीहरु यसमा सफल पनि देखिएका छन् र त्यसैले अर्मेनियासँग अहिले आधुनिक हतियार र रक्षा प्रणाली खरिद गर्ने पैसा नभए पनि उनीहरुले सिरियाको रणनीतिको प्रयोग गर्न सक्ने मुरखोव्स्कीको भनाइ छ ।

यस्तोमा अजरबैजानको ड्रोनबाट बच्न डमी सैन्य अखडा निर्माण गर्न सकिने पनि विशेषज्ञहरुले बताएका छन् । यसअघि पनि अजरबैजानको ड्रोन एक नक्कली मोडललाई लक्षित गरेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment