Comments Add Comment

कोरोना संकटमा निजी क्षेत्रको भूमिका

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको कोराना सचेतना अभियान अन्तर्गत साप्ताहिक रुपमा आयोजना गर्दै आएको छैठौं श्रृखला ‘कोराना नियन्त्रणमा निजी क्षेत्रको भुमिका’ विषयको भर्चुअल अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा कोरोना महामारीको भयले सर्वसाधरण संयमित भएपनि सरकारी अधिकारी, नेता एवं मन्त्रीहरु नै लापरबाही गरिरहेका औंल्याएका छन् ।

सहजकर्ताहरुले भिडभाड नगर्न निर्देशन दिने नेता मन्त्रीहरु नै सभा सम्मेलन र उद्घाटनको रिबन काट्न भिड गर्ने गरेको र यसले गम्भिर अवस्था निम्त्याउन सक्ने बताए ।

आफ्नो गुजारा वा दैनिक जीवनयापन कठिन भएपनि सर्वसाधरणले सरकारको नियम पालना गरिरहेका छन् । अत्यावश्यक बस्तु खरिद गर्न वा काम विशेषले मात्र उनीहरु घर बाहिर निस्किएका छन् । यस्तो अवस्थामा कतिपयले प्रहरीको दूव्यवहार समेत झेल्ने गरेका छन् । सर्वसाधरणको बाध्यतालाई बुझेर उद्योगी एवं व्यवसायीहरुले बस्तु खरिद र वितरणमा सहयोग गरिहेका उद्योग बाणिज्य महासंघ मोरङका अध्यक्ष तथा लायन्स अन्तर्राष्ट्रिय ३२५ ए १ का पूर्व गर्भनर भीम घिमिर बताउँछन् । यसरी निजी क्षेत्रले पर्याप्त सहयोग गरिरहे पनि सरकारले पनि यसको सही मूल्यांकन नगरेको उनको दुखेसो थियो । उद्योग धन्दा ठप्प रहेको अवस्थामा सरकारले कर असुल्ने कुरामा पुर्नविचार नगरेको र बैंकहरु समेत सामन्ती भएको उनको आरोप छ ।

घिमिरेले यस अवस्थामा कसैले कालोबजारी गरे र अभाव देखाएर मुल्यबृद्धि गरे सरकारले करबाही गर्नुपर्ने र महासंघ यस कार्यमा सहयोगीको भुमिका खेल्ने पनि बताए ।

महामारीमा ‘निजी र सरकारी सबै बराबरी’ भूमिकामा रहेको र सरकारले मात्र कोभिड व्यवस्थापन गर्न सम्भव नहुने मोरङ्ग स्वास्थ्य कार्यालय प्रमुख तथा क्लबका निर्देशक लायन ज्ञान बहादुर बस्नेतले बताए । बस्नेतले सरकार अभिभावकको भूमिकामा रहेर समन्वय गर्नुपर्नेमा दुई मत नरहेको, समन्वय भई पनि रहेको तर कताकता केही कमी आफुले महशुष गरेको बताए । स्वास्थ्य क्षेत्रमा लगभग ६० प्रतिसत निजी क्षेत्रले धान्ने गरेकोले निजि क्षेत्रका सेवालाई हतोत्साही गर्न नहुने उनको भनाई छ ।

बिराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका भाईस चियरमेन डेनिस कार्कीले कुनै विभागमा संक्रमित देखा परे सबै कर्मचारी त्रसित हुने अवस्था थियो । उनी भन्छन्, ‘अझ मिडियाले बिराटनगरमा कोरोना संक्रमण फैलिन बिराट नर्सिङ्ग होम नै हो भन्ने आरोप लगाए, जबकी बिराटमा पनि त बिमारीबाट नै आएको हो ।’ कोरोना संक्रमित र संक्रमित नभएकाहरुलाई एउटै अस्पतालमा उपचार गर्न नसकिने र अझ पैसा तिरेर पनि आवश्यक सामग्री खरिद गर्न नपाउने असहज परिस्थिती रहेकाले निजी अस्पताललाई संक्रमितहरुको उपचार गर्न निकै अप्ठयारो रहेको बताए । बिराट मेडिकल कलेजले नेपाल सरकारको कोभिड उपचार निर्देशिका तथा स्ट्यान्र्डड प्रोटोकलहरुलाई हेरेर आफ्नै गाईडलाईन बनाएर उपचार गरेको स्पष्ट पारे । लक्षण बिनाको वा संक्रमितलाई अस्पतालमा भर्ना गर्न नसकिने र आजको दिनमा लक्षण भएको १३० जना संक्रमित भर्ना रहको जानकारी गराउदै आईसियु नचाहिने बिमारीहरुका लागि बिराटले कुनै शुल्क नलिए पनि आईसियु चाहिने बिमारीहरुलाई  १४ दिनको लागि मात्र ३० हजार सम्म शुल्क लिने गरेको कार्कीले बताए । ‘सरकारको मापदण्ड पत्रिकामा मात्रै आउछ, सहयोग गर्छौं भन्छ तर अहिले सम्म गरेको छैन’ उनले थपें ‘सरकार कहाँ छ ?’

क्लवका संस्थापक अध्यक्ष लायन डा.बालकृष्ण साहको अध्यक्षतामा भएको भर्चुअल अन्तरक्रियालाई  क्लवका निर्देशक समेत रहनुभएका मोरङ्ग स्वास्थ्य कार्यालय प्रमुख ज्ञान बहादुर बस्नेत, बिराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका भाईस चियरमेन डेनिस कार्की, र उद्योग बाणिज्य महासंघ मोरङ्गका अध्यक्ष भिम घिमिरेले  सहजिकरण गरेका थिए ।

५० जनाभन्दा बढि सहभागी रहेका सो भर्चुअल  कार्यक्रममा सेभ द चिल्ड्रेन बिराटनगरका हरीबोल बजगाँई, लायन्स अन्तर्राष्ट्रिय ३२५ ए १ टिम एरिया कोर्डिनेटर उदय बराल, जोनचियरपर्सन महेन्द्र साह लगायतको सहभागिता थियो ।

क्लबले बिगत ६ हप्ता देखि प्रत्येक हप्ता स्वास्थ्यसंग सम्बन्धित बिषयमा विज्ञहरुसंग भर्चुअल सचेतना गराउदै आएको छ ।  । त्यसैगरी  क्लबले गत २ हप्तादेखि कोशी अस्पतालका १०० बिमारीका १०० कुरुवालाई दैनिक खाना पनि खुवाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment