Comments Add Comment

उपत्यकामा २६७२ संक्रमित थपिए

२४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ६७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका छन् । ललितपुरका ३६९ र भक्तपुरका २०३ जनामा संक्रमण देखिएको छ ।

यससँगै काठमाडौंमा संक्रिय संक्रमितको संख्या १४ हजार ३७० पुगेको छ भने ललितपुरमा २ हजार २३१ र भक्तपुरमा १२८७ भएको छ ।

यस्तै थप ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ रु ४९ वर्षीय पुरुष र भक्तपुरका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

हालसम्म काठमाडौंका १२९, ललितपुरका ३७ र भक्तपुरका २६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment