
२५ असोज, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका- ३ का ५२ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
असोज १९ गते सेती प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गराएका उनमा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनी २३ गते मात्रै अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
गए राति करिब २ बजेर २५ मिनेटमा उनको मृत्यु भएको श्रेष्ठले बताए । ‘उहाँको अवस्था सामान्य थियो’ उनले भने ‘हिजो राति एकाएक स्वासप्रस्वासमा समस्या आयो र बित्नु भयो ।’
यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4