+
+
Shares

दोहोरो अंकले घट्यो सेयर बजार, फाइनान्स भने १७ अंकले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २५ गते १५:१५

२५ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आइतबार १३ दशमलव ३७ अंकले घटेर १ हजार ५ सय ७६ दशमलव २७ अंकमा झरेको छ ।

यसैगरी ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ३।०१ अंकले घटेर ३११ दशमलव ७३ अंकमा झरेको छ । दिनभर १९३ कम्पनीका कारोबार भएका छन् ।

जसमा ३७ हजार ५ सय १५ करोबारबाट ९२ लाख ८१ हजार ४ सय ७८ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५ सय ९९ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेमा कारोबार हुने उपसमूहहरु मध्ये फाइनान्स बाहेक सबै राताम्मे भएका छन् । फाइनान्स भने १७ दशमलव ५ अंकले बढेको छ । कारोबार रकमका आधारमा आइतबार आइसीएफसी फाइनान्स कम्पनी देखिएको छ ।

दोस्रो नम्बरमा भने रिढी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?