Comments Add Comment

नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गरियोस् : रावल

२६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।

रावलले सोमबार बिहान ट्वीट गर्दै सरकारका आवश्यक कर्मचारीलाई स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका हुन् ।


‘नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्,’ रावलले भनेका छन् । देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउनुपर्ने रावलको माग छ ।

तर सरकारले भने यसअघि नै चीनसँग कुनै पनि सीमा विवाद नरहेको बताइसकेको छ ।

हालै हुम्लाको सीमा क्षेत्रमा चीनले पक्की भवनहरु बनाएको समाचार सार्वजनिक भएको थियो । यो सामाचार सार्वजनिक भएपछि चीनले आफ्नै भूमिमा भवनहरु बनाएको प्रष्टीकरण दिएको थियो ।

केही दिन अघि मात्रै नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भको अनुगमन गर्न गएको नेपाली टोलीमाथि चिनियाँ टोलीले अश्रुग्यास प्रहार गरेर लखेटेको समाचार सार्वजनिक भएको छ ।

यो पनि पढ्नुहोस चीनका लागि नेपाली राजदूत पाण्डे भन्छन्– चीनसँग हाम्रो कुनै सीमा विवाद छैन यो पनि पढ्नुहोस नेपाल–चीन सीमा विवाद : भेटियो ११ नम्बर पिलर यो पनि पढ्नुहोस नेपाल–चीन सीमा विवाद : के हो समस्या, कसरी समाधान गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment