Comments Add Comment

बुकहिलका तीन किताब एकसाथ

२६ असोज, काठमाडौं । बुक–हिल पब्लिकेसनले दसैँको छेकोमा तीन थान अनूदित पुस्तक एकैसाथ सार्वजनिक गरेको छ ।

‘युगान्त स्महाभारतको महामृत्यु’, ‘मुसा मानुष’ र ‘विमुक्ति’ नेपाली अनुवादका रुपमा बजारमा आएको हो ।

भारतीय प्रथम महिला मानवशास्त्री इरावती कर्वेद्वारा लिखित कृति ‘युगान्त स् द एन्ड अफ एन इपोक’को नेपाली अनुवाद ‘युगान्तस् महाभारतको महामृत्यु’ सार्वजनिक पुस्तकमध्ये पहिलो हो । यसलाई युवा लेखक सुजित मैनालीले अनुवाद गरेका हुन् । युगान्त महाभारतको आधुनिक उत्खनन भएको र महाभारतबारेका बौद्धिक बहसका निम्ति यो पुस्तक पठनीय भएको प्रकाशकको दावी छ ।

दोस्रो पुस्तक नोबेल पुरस्कार विजेता अमेरिकी लेखक जोन स्टेनबेकको उपन्यास ‘अफ माइस एन्ड मेन’को नेपाली अनुवाद ‘मुसा मानुष’ रहेको छ । यस पुस्तकलाई आख्यानकार गनेस पौडेलले अनुवाद गरेका हुन् । सन् १९३० को महामन्दीपछि अमेरिकामा भुइँमान्छेले बाँच्नका निम्ति गरेको संघर्ष र दुई मित्र जर्ज र लेनीको हृदयविदारक कथा यो उपन्यासमा छ ।

तेस्रो पुस्तक मल्ल के। सुन्दरद्वारा नेपाल भाषामा लिखित उपन्यास ‘व लँपुस् थ्व पलाः’ को नेपाली अनुवाद ‘विमुक्ति’ हो । यसलाई राजेन्द्र महर्जन र महेशराज महर्जनले अनुवाद गरेका हुन् । उपन्यासबारे लेखक मल्ल के। सुन्दरले भनेका छन्, ‘जनयुद्धको कथामार्फत मैले नेपाली समाजको वर्गीय विवेदको चित्रलाई यस उपन्यासमा प्रस्तुत गर्ने कोशिस गरेको छु ।’

अनुवाद साहित्यमा रुची हुनेको लागि फरक विधाका तीन पुस्तक एकैसाथ प्रकाशन गरेको बुकहिलका पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment