+
+
Shares

भारत मेघालयस्थित कोइलाखानीमा विस्फाेट : खोटाङका एकाघरका दाजुभाइको मृत्यु

मृत्यु हुनेको संख्या १८ पुग्यो

घटनामा बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी, सालघारीका कर्णबहादुर खपाङ्गी, नरबहादुर खपाङ्गी र उदयपुर साउनेका ललित मगर घाइते भएका छन् ।

दमन राई दमन राई
२०८२ माघ २२ गते २३:२१
मेघालयस्थित कोइलाखानी । तस्वीर : दिलीप कुमार शर्मा, बीबीसी हिन्दी

२२ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फाेटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ ।

बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा लागेको आगलागीमा परी बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारी २७ वर्षीय दाजु पूर्णबहादुर खपाङ्गी र २४ वर्षीय भाई सुरेन्द्र खपाङ्गीको मृत्यु भएको हो ।

घटनामा बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी, सालघारीका कर्णबहादुर खपाङ्गी, नरबहादुर खपाङ्गी र उदयपुर साउनेका ललित मगर घाइते भएका छन् ।

७ जनाको टोलीमध्ये बराहपोखरी बालम्पाका ताराबल मगर सकुशल छन् । ताराबलले नै फोनमार्फत घटनाको जानकारी गराएको छिमेकी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

ताराबलका अनुसार चार जनाको अवस्था गम्भीर छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

उनीहरू रोजगारीका लागि गत पुस ३ गते मेघालय गएका थिए । खोटाङका विभिन्न ठाउँका स्थानीय काम खोज्दै मेघालय जाने गरेका छन् ।

बीबीसीका अनुसार, घटनामा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई २–२ लाख दिने बताएका छन् ।

त्यस्तै, घाइतेलाई ५० हजार दिने पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?