Comments Add Comment

कोरोना संक्रमणबाट मोरङमा तीन जनाको मृत्यु

२७ असोज, विराटनगर । मोरङमा कोरोना संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एकजना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार बिहान २ः१५ बजेतिर उपचारकै क्रममा वृद्धको ज्यान गएको हो ।

वृद्धमा गत शनिबार कोरोना पुष्टि भएको थियो । वृद्धमा दमको पुरानै समस्या रहेको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।

विराटमा दुईजनाको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका– २ टंकीशिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

आइसोलेसनमा उपचाररत सुन्दरहैचाका पुरुषको मंगलबार बिहान ८ः१० बजेतिर मृत्यु भएको हो । उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

विराटनगर ७ हाटखोलाका पुरुषको मंगलबार विहान सोढ ११ः२० मा मृत्यु भएको हो । उनलाई २१ असोजमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । मृतकमा मिर्गौलासम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment